खेलकुद

फ्रान्सले स्वीडेनलाई हरायो

एजेन्सी– शुक्रबार राती भएको विश्वकप २०१८ को छनोट खेलमा फ्रान्सले स्वीडेनलाई पराजित गरेको छ । समूह ए मा रहेको फ्रान्स स्वीडेनलाई २–१ गोलको अन्तरमा हराएको हो ।

घरेलु मैदानमा भएको सो खेलको पहिलो हाफमा १–० ले पछि परेपनि फ्रान्सले पछि भने सहज जित हासिल गरेको थियो ।

खेलको दोश्रो हाफमा दिमित्री पेयट पाउल पोग्बाले गरेको गोलपछि फ्रान्सले सहजै जित हासिल गरेको थियो । दश अंक जोड्न सफल फ्रान्सले चार खेलबाट सो उपलव्धी हासिल गरेको थियो ।