पु.समाचार

नेपालीले २५ हजारसम्म भारु साट्न पाउने सम्भावना

काठमाडौं । एकजना नेपालीले आफूसँग भएका हजार र ५ सय दरको बढीमा २५ हजार भारतीय रुपैयासम्म साटेर नेपाली रुपैयाँ लिन पाउने सम्भावना बढेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाको परिमाणको भारु सटहीका लागि सकारात्मक रहेको र त्यसैअनुसारको व्यवस्थापन मिलाउन भारतको वित्त मन्त्राललाई पत्राचार गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार भारुसम्म साट्न पाउने व्यवस्था मिलाइदिन आरबीआईलाई पत्राचार गरेको थियो । यस्तै राष्ट्रबैंकका अधिकारीले आइबीआईका टेलिफोन सम्पर्क गरेर पनि यस्तो व्यवस्थाका लागि आग्रह गरेका थिए ।

‘प्रतिव्यक्ति २५ हजार भारुसम्मका हजार र ५ सय दरका नोट साट्न पाउने व्यवस्था मिलाउन हामीले गरेको आग्रहलाई आरबीआइले सकारात्मक रुपमा लिएको छ, हामी सकारात्मक छौं भन्ने मौखिक जानकारी आएको र भारतको वित्त मन्त्रालयलाई हाम्रो पत्रसाथ सकारात्मक पहल गरिदिन आरबीआईले पत्राचार गरेकोले हामी धेरै आशावादी छौं’, विदेशी विनिमय विभागका प्रमुखसमेत रहेका कार्यकारी निर्देशक भीष्म ढुंगानाले भने । आइतबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।