खेलकुद

अमेरिकामा नेपाली राइनोजको जित

काठमाण्डौ । अमेरिकामा सम्पन्न टु एक्स क्रिकेट युएसए कपको उपाधि नेपालले जितेको छ । टेक्सासको मोसा रंगशालामा भएको सो प्रतियोगिताको फाइनलमा नेपाली राइनोजले हस्टन स्पार्कलाई ५४ रनले हराउन सफल भएको हो ।

सो प्रतियोगितामा नेपाली राष्ट्रिय टिमको समेत सहभागिता रहेको थियो । खेलमा हस्टन स्पार्कले १ सय ९८ रनको लक्ष्य पछ्याउँदै १८ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनमा सिमिति भएको थियो । प्रतियोगितामा राइनोजका शवन फाइन्डली ३ तथा पारस खड्का, रुस्ती थ्रोन र सोमपाल कामीले दुई दुई विकेट लिन सफल भएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाली राइनोजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९७ रन बनाउन सफल भएको थियो । राइनोजका तर्फबाट पारस खड्काले सर्वाधिक ७७ रन बनाउन सफल भएका थिए । बिजेता नेपाली राइनोजले मिट्सुबिशी कारसँगै ६० हजार अमेरिकी डलरको पुरस्कार पाएको छ ।