समाचार

नेपालीहरुको खुसीको खबर, एचआईभी एड्सबारे नयाँ खबर सार्वजनिक

काठमाडौँ । पछिल्लो समय नेपालमा एचआईभीरएड्सको सङ्क्रमण घट्दै गएको छ । एचआईभीको नयाँ सङ्क्रमण ८० प्रतिशतले र एड्सबाट हुने मृत्यु २२ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

एचआईभी/एड्ससम्बन्धमा बढ्दो जनचेतनाले गर्दा एड्सप्रति मानिसको धारणा बदलिएको स्वास्थ्य मन्त्रालय सम्बद्ध अधिकारीहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा। तरुण पौडेलले नेपालमा सन् २०१० को तुलनामा १४६ प्रतिशतले एन्टिरेट्रोभाइरल (एआरभी) औषधिमा पहुँच बढेको जानकारी दिँदै हाल नेपालमा करिब ३९ हजार ३९७ जनामा एचआईभी सङ्क्रमण रहेको अनुमान गरिएको बताउनुभयो । तीमध्ये पुरुष २४ हजार ४४९ र महिला १४ हजार ९४८ छन् । नेपालमा १५ देखि ४९ वर्ष उमेर वर्गमा ०.२ प्रतिशत एचआईभी दर रहेको जानकारी पनि डा। पौडेलले दिए ।

विश्वमा सन् २००० को तुलनामा ३५ प्रतिशतले एड्सको सङ्क्रमण दर घटेको जानकारी दिँदै डा। पौडेलले बच्चामा हुने सङ्क्रमण दर पनि ५८ प्रतिशतले कम भएको बताए ।

सन् २००७ मा एचआईभी लाग्नेको सङ्ख्या नेपालमा ७० हजार सात सय थियो भने सन् २००९ सम्ममा उक्त सङ्ख्या ६३ हजार ५२८ मा झरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा सन् २००९ सम्ममा दर्ता भएका एड्स रोगीको सङ्ख्या १६ हजार २६२ छ । बिहीबारको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।