अन्तर्राष्ट्रिय

रुसलाई जसरी पनि कार्वाही गर्छौ: ओबामा

एजेन्सी–अमेरिकी राष्ट्रपति वाराक ओबामाले रुसलाई कडा चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा गरिएको भनिएको हस्तक्षेपका लागि रुसले सजाय पाउनुपर्ने भन्दै उनले कडा चेतावनी दिएका हुन् ।

अमेरिकाको एक रेडियोको अन्तरवार्ता दिँदै राष्ट्रपति ओबामाले रुसलाई जसरी पनि कार्वाही हुनुपर्नेमा जोड दिए । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रयाटिक पार्टीको तर्फबाट चुनाव लडेकी हिलारी क्लिन्टनको इमेल ह्याक गरेको आरोप रुसलाई लाग्दै आएको छ । रुसले भने यसको खण्डन गर्दै आएको छ ।