पु.समाचार

खुमबहादुर खड्काले गरे अब यस्तो खतरनाक गोप्य तयारी !

काठमाडौ । नेपाली कांग्रेसका प्रभाबशाली नेता खुमबहादुर खड्काले फागुनदेखि देशव्यापी आन्दोलन सुरु गर्ने उद्घोष गरेका छन् । शनिबार आयोजित नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र महाअभियानको विस्तारित बैठकलाई संबोधन गर्ने क्रममा उनले सो कुरा कुरा बताएका हुन् ।

राजधानीको बत्तिसपुतलीमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै प्रभाबशाली नेता खड्काले फागुनको अन्त्यसगैँ मुलुकब्यापी आन्दोलन गर्ने रणनीति तय गरेका छन् । उनले अब देशमा राष्ट्रबादी र दलालहरु छुट्टिने समय आएको समेत स्पष्ट पारेका छन् ।

खड्काले आफुलाई बद्नाम गर्न खोज्ने पार्टीभित्रकै केहि व्यक्तिप्रति आक्रोस समेत पोखेका छन् । कहिले राजाबादी त कहिले खड्काले पार्टी फुटाउन खोजेको आरोप लगाउदैँ आएकोमा आक्रोश ब्यक्त गर्दै उनले कांग्रेसभित्र आफ्नो धेरै खुन पसिना बगेको भन्दै सके बिचार र संगठनले पार्टी नै कब्जा गर्ने हो नत्र पार्टीलाई मजबुद गराउन निरन्तर लाग्ने प्रष्ट्याएका थिए ।

मुलुकभरका कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई बोलाइएको गोप्य भेलामा राष्ट्र र राष्ट्रियता संरक्षणका लागि पनि हिन्दु राष्ट्र चाहिएकाले कुनै पनि हालतमा हिन्दु राष्ट्र बनाएर छाड्ने प्रण गरे ।

उक्त बैठकका निर्णयहरुलाई अत्यान्तै गोप्य समेत राखिएको छ भने बैठकमा कांग्रेसका नेता तथा कर्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । बैठकलाई महाअभियान संयोजक खड्का,सह संयोजक लक्ष्मण घिमिरे लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेता लालगोपाल अर्याल, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए।