पु.समाचार

बन्दका कारण राजधानी प्रभाबित, फाट्टफुट्ट सवारीसाधन चल्दै

सुर्यखबर सम्बाददाता,

काठमाडौं । बुधबार काठमाण्डौ उपत्यका बन्दको घोषणा गरेका राजधानीका सडक बिस्तार पीडितहरुको बन्दका कारण जनजीबन प्रभाबित भएको छ ।
बन्दका कारण आंसिक रुपमा सवारीसाधन चलेका छन् भने जनजिबन त्रसित बनेको छ ।

राजधानीका २० ठाँउभन्दा बढीका सडकबिस्तारपीडितहरुले सरकारसंग पुनस्थापना तथा क्षतीपुर्तीको माग राख्दै राजधानी बन्दको घोषणा गरेका हुन ।
माओबादी नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सडक बिस्तार गरेपछि क्षतीपुर्ति नदिई आफूहरुलाई बिस्थापीत बनाएके सडकबिस्तारपीडितहरुले बताएका छन् ।

कलङ्की–थानकोट, चावहील–साँखु, चोभार–फर्पिङ, सीतापाइला–रामकोट, हरिसिद्धिलगायत रुटमा निजी तथा सार्वजनिक साधनहरु अन्य समयकाबेला भन्दा कम सवारीसाधन चलेको ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्रबहादुर मल्लले बताए ।

टेम्पु लगायतका सार्बजनिक साधनहरु फाट्टफुट्ट चलेका देखिन्छन् । बन्न भन्ने हल्लान आएक कारण जनमानसमा त्रास भएक कारण सवारी साधन नचलेको अनुमान सर्बसाधारणको छ ।

बन्दकर्ताहरुले सरकारसंग १० बुंदे माग राखी बन्दको आह्वान गरिएको बताईएको छ । फेसबुक लगायतका सामाजिक संजालमा बन्दको तीब्र बिरोध भएपनि बन्द सधैंका लागि बन्द हुन सकेको छन ।