पार्बती साउद/ काठमाण्डौ । बाक्लो र अब्यवस्तित बस्तीका कारण काठमाण्डौ शहर अस्तब्यस्त छ । मानिसहरु बसोबास गर्ने क्रममा साना खोलानाला मिचेर घर बनाउने कार्य वर्षेनी जारी नै छ ।
फोहोरमैला ब्याबस्थापन बैज्ञानिक रुपमा हुन नसक्दा प्रदुषण बढेको बिभिन्न स्वास्थ्य संगठनहरुले बताएका छन् । । यसरी बस्ती बाक्लिदै गएको कारणले गर्दा नै वाग्मती, बिष्णुमती, रुद्रमती लगायत काठमाण्डौका अरु साना साना नदिका छेउछाउमा फोहोर थुपार्ने गरियो, पहिले त काठमाण्डौका स्थानीयबासीले फोहोर फाल्ने स्थान नै बनाईएकाृे थियो यी पबित्र नदीहरुलाई ।
काठमाण्डौ महानगरपालिका, ललीतपूर उपमाहा–नगरपालिका जस्ता सरकारी कार्यालयले समेत बाग्मती नदिमा फोहोर थुपार्ने गरेका थिए । काठमाण्डौलाई हराभरा र सफा बनाउने अभियान स्वरुप पछिल्लो समयमा बाग्मती सरसफाई माहा–अभियानको रुपमा अभियानको थालनी भयो । उक्त अभियानले मानिसमा सकारात्मक सन्देश दिएको छ ।
माहाअभियानमा तत्कालीन मूख्यसचिब लीलामणी पौडेलले काठमाण्डौ फाहोरमुक्त बनाउने अभियानको नेतृत्व गर्दै काठमाण्डौमा उपलब्ध कर्मचारीहरुलाई समेत समाबेश गराएर बाग्मती सफाई माहाअभियानमा सम्लग्न गराए । २०७१ साल बैसाखमा काठमाण्डौको गुहेश्वरीमा तत्कालीन राष्ट्रपति रामबरण यादब सहितका सरकारी अधिकारीहरुले बाग्मतीको पानी सफा भएको भन्दै स्नान समेत गरेका थिए ।
सरकारी अधिकारीहरुले स्नान गर्दा सफा नभईकन नुहाएको, अरर्बौ रुपैयां अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिका नाममा रकम सिध्याएको, कर्मचारी प्रहरीहरुलाई अधिकारको दुरुपयोग गरी अभियानमा खटाएको लगायतका आरोप समेत लाग्ने गरेको छ । भ्रष्टाचार गर्ने वा अन्य अनियमितता जे भएपनि बाग्मती सफाई अभियानलाई सकारात्मक बाटोबाट सोच्न जरुरी छ । अनियमितता हेर्ने निकायहरु होलान उनीहरुले त्यसको लेखाजोखा गर्नुपर्छ, प्रमाणीत भए कारबाहीको भागीदार पनि बन्लान् उनीहरु समय आएपछि ।
महा-अभियानले नदी छेउछाउमा फोहोर फाल्न रोक लगाएको छ, उक्त रोक लगाईपछि फोहोर फाल्ने कार्यमा बाग्मती छेउछाउका जनता सचेत भएका छन् । हेरक शनिबार सर्यौ सर्बसाधारण, नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजामती कर्मचारी, पत्रकारहरु, वकील, डाक्टर, इन्जीनियर, पेशाकर्मी लगायतका नागरीकहरु स्वतस्फुर्त रुपमा बाग्मती सफाई अभियानमा उपस्थीत हुन्छन् । २०७८ साल सम्ममा ५ वर्षमा भने पुर्णतः सफा गरी नदिमा पानी बहने वातावरण निर्माण गर्ने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिका पुरुशोत्तम कँडेल बताउछन् ।
तत्कालीन मन्त्रीपरिषदको निर्णयअनुसार चलाईएको अभियानले वाग्मती नदीलाई पहिलेको भन्दा धेरै नै सफा बनाएको छ । यानिकी अझै बाग्मती सफा र हराभरा भने भईसकेको छैन । बाग्मतीलाई सफा गरिएपछि अरु सहायक नदीहरु बिस्तारै सफा हुने उद्देश्य माहा-अभियानले राखेको थियो । साहायक नदी सफाईको काम भईरहेपनि द्रुत गतिमा काम हुन नसकेको दृष्टान्त सबैका सामु छर्लङग छ ।
बाग्मती सफाईमा एक सय ९५ हप्ता सम्मका दिन काटीसकेको माहाअभियान कसहिले सम्म चल्ला त्यो भने पछिका दिनमा देख्न सकिने कुरा हो तर जति हल्ला छ त्यती काम हन नसकेको भने बाग्मती वरिपरिका बासीन्दाहरु ब्ताउछन् । थापाथलीका किशोर शाह भन्छन् सफा गर्ने भने ठूला ठूला हल्ला हुन्छ तर फोहोर भने जस्ताको तस्तै छ, यसलाई के भन्ने ?
अर्का गौरीघाटका राजेन्द्र भट्टराई भने अभियानको सपोर्टमा छन् उनी भन्छन् “तेस्तो फोहोर बाग्मती अहिले सफा भएको छ, सबै अभियान्ताहरुलाई बधाई” हल्ला बढी भएको भने भट्टराईले सुर्यखबरलाई स्वीकार गरेका छन् । आजकालका शनिबारहरुमा भने पुरानो तरीकाले अभियान्ताहरु आउन छाडेको देखिन्छ ।