समाचार

समा श्रीको दोस्रो कृति ‘अल्पविराम’ लोकार्पण

काठमाडौं । कवि समाश्रीको दोस्रो कविता संग्रह ‘अल्पविराम’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । गीतकार चेतन कार्की, साहित्यकार सरुभक्त र कवि निभा शाहले संयुक्त रुपमा ‘अल्पविराम’को लोकार्पण गरेका छन् ।

लोकार्पण समारोहमा कवि समाश्रीले ‘अल्पविराम’मा रहेका ५० मध्ये सात कविता वाचन गरेका थिए ।

लोकार्पण समारोहमा कृतिबारे कार्यक्रमका प्रमुख अतिथि चेतन कार्की, साहित्यकार विपुल सिंजापति, पत्रकार फूलमान वल, कवि निभा शाहलगायतले चर्चा गरे ।

समा श्रीको दुई वर्षअघि ‘वंशलोचन’नामक कविता संग्रह बजारमा आएको थियो । कवि श्री इजरायलमा रहेर साहित्य सिर्जनामा साधनारत छन् । हालको ‘अल्पविराम’लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।