पु.समाचार

बरुण नदी थुनिएर २ सय मीटरको पोखरी बन्यो, उद्दारमान कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौ । बरुण नदी थुनिएपछि छेउछाउका जनतामा त्रास उत्पन्न भएको छ । संखुवासभा जिल्लाको भोटखोला गाँउपालीकामा पर्ने उक्त नदीमा बिहीबार अपरान्हतिर ढुंगा सहितको बाढी आएपछि नदी थुनिएको हो ।
हिमताल समेत फुटेको अनुमान लगाईएको छ, हिमताल फुटेको कुरा पुष्टी भने भएको छैन । प्रमुख जिल्ला अधिकारी शीबराज जोशीका अनुसार ढुंगामाटो सहितको बाढीले नदीको बहाब थुनेको छ, झण्डै दुई किलोमिटर ताल बनिसकेको उक्त थुनिएको स्थानमा शुक्रबार बिहान प्रहरी पुगेको छ ।

उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधिले सबै सुरक्षा निकायहरुलाई जनधनको क्षती नहुनेगरी उद्दारमा सकृय हुन निर्देशन दिएका छन् । काठमाण्डौबाट खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्का, नेपाली सेनाका केहि प्राबिधिक, गृहमन्त्रालयका प्रतिनिधि, मौसम शित्रानबिभागका प्रतिनिधि घटनास्थलतर्फ जाने तयारीमा रहेका छन् ।
राज्यमन्त्री खड्काको निर्बाचन क्षेत्र पर्ने उक्त थुनिएको स्थान खादबारीबाट ८० किलोमीटरको हाराहारीमा पर्ने जनाईएको छ ।