खेलकुद

पर्यटनमन्त्री गिरी भन्छन्, ‘युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ’

काठमाडौं । राजधानीको बिजी फुटसल टाउन प्लानिङ्गमा राप्रपा ओपन फुटसल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न भएको छ ।

चौबिस फुटबलटोलीले सहभागी जनाएको प्रतियोगितामा प्रथम द्वितिय र तृतीय हुनेहरुलाई नगद सहितको पुरस्कार प्रदान गरिएको छ ।
नविन खड्काको सयोजकत्वमा भएको उक्त प्रतियोगितामा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने महत म्यानपावर फुटबल क्लब, केज्ड फुटबल क्लब र सुटर फुटबल क्लबले क्रमशः प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

कार्यक्रममा मन्त्री गिरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री गिरीले युवाहरु माझ लोकप्रीय रहेको खेलको वृद्धि विकास अपरिहार्य छ । युवाहरुलाई रोजगारको लागि खाडी मुलुक प्रवेश नगराएर स्वदेश मै स्वालम्बी, स्वरोजगार बनाउनको लागि राप्रपाले सधैँ विशेष पहल गर्ने बताए ।

राप्रपा जिल्ला सभापति नवराज सिंखडाले भने– राजतन्त्र र हिन्दुराज्यको लागि नेपाली जनता अझै पनि लड्न तयार छन् । जनमत संग्रह भए पनि जनताले हाम्रो मागलाई समर्थन दिने छन् ।

राप्रपा सभापति सिंखडा र वडाध्यक्ष सुुशील कुमार भट्टराईले संयुक्त रुपमा विजेताहरुलाई नगद सहित पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमको अन्त्य गर्दै वडाध्यक्ष सुुशील कुमार भट्टराईले संयोजक नविन खड्काको कार्य प्रशंसा गर्दै युवा लक्षित अन्य कार्यक्रम ल्याएमा राप्रपाले विशेष सहयोग गर्ने आश्वासन दिए ।