राजनीति

प्रचण्डपुत्र प्रकाशले शेरबहादुर देउवासँग कुम जोडेको तस्वीर सार्वजनिक गरेपछि….!

काठमाण्डौ । मुलुक नयाँ प्रधानमन्त्री निर्वाचनको तयारीमा छ । आइतबार संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवालाई अग्रिम शुभकामना दिनेहरुको ताँती लाग्न थालेको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले त्यसको विरोध गरिरहेको छ ।

यसै सन्दर्भमा पछिल्लोपटक प्रधानमन्त्रीका लागि अन्तिम तयारी गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा र बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालसँग जोडिएको एउटा सन्दर्भले सामाजिक सञ्जालमा विशेष महत्व पाएको छ ।

सन्दर्भ के रहेछ भने सभापति देउवा प्रधानमन्त्री निर्वाचित हुने करिब १२ घण्टा अघि प्रकाश दाहालले आफ्नो फेसबुक अकाउन्टमा एउटा तस्वीर पोष्ट गरेका छन् ।

उनले भावी प्रधानमन्त्री शेरबहादुर देउवा र आफुलाई कुम जोडेर तस्वीरमा उभ्याएका छन् र उनको विशेष प्रशंशा गर्दै शुभकामना समेत दिएका छन् ।

दुई विपरित पार्टी, विचारधारा र दृष्टिकोण भएका सभापति देउवा र प्रचण्ड पुत्रको यो घनिष्ठतालाई सामाजिक सञ्जालमा कसैले राम्रो भएको भन्दै खुसी व्यक्त गरेका छन् भने कसैले २०५१ सालमै यो बुद्धि पलाएको भए मुलुकमा १७ हजार मानिस मर्नबाट जोगिन्थे भन्दै कडा आलोचना समेत गरेका छन् ।

कसैले प्रचण्ड र उनको परिवारमा आएको यो सद्बुद्धि सँधै रहिरहोस् भनेर शुभकामना समेत दिन भ्याएका छन् । यस्तो छ प्रचण्ड पुत्र प्रकाशको स्टाटस्ः