राजनीति

काठमाण्डौको उपमेयरमा कांग्रेसबाट विजयी भएको एक हप्तापछि हरिप्रभाले दिइन् यस्तो प्रतिक्रिया !

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा नवनिर्वाचित उपमेयर हरिप्रभा खड्गीले आफुलाई अमूल्य मत लिएर विजयी गराउने मतदातालाई धन्यवाद दिएकी छन् । काठमाण्डौ महानगरपालिकाको उपमेयरमा विजयी घोषणा भएको करिब १० दिनपछि उनले मतदाताहरुलाई धन्यवाद दिएकी हुन् । उपमेयर खड्गीले बुधबार आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै सम्पूर्ण मतदाताहरुमा ह्रदयदेखिनै विनम्रताका साथ धन्यवाद ज्ञापन गरेकी छन् ।

स्टाटस्मा उनले भारतीय एक उखानको सहारा लिँदै कोशिश गरे कहिल्यै पनि हार नहुने बताएकी छन् । उनले भनेकी छन, ‘तपाई हाम्रो कोशिश र मेहनतले आज हाम्रो पार्टी नेपाली कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरपालिकाको उपप्रमुख जस्तो गरिमामय पदमा मलाई भारी मत दिएर विजयी गराउनुभएको छ, म यो जनविश्वासलाई कदर गर्दै कहिल्यै पनि निराशा हुने खालको काम गर्ने छैन । यो जित भनेको हामी सबैको जित हो ।’

उपमेयर खड्गीले आफुले सबै कुरालाई सन्तुलन राख्दै महिला सशक्तिकरणको लागि समेत महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । यस्तो छ उपमेयर खड्गीले लेखेको फेसबुक स्टाटस्ः