सूचना प्रविधि

स्कुल प्रशासन चलाउने नेपालकै पहिलो सप्टवेयर सार्वजनिक

विराटनगर । जेफ्टवेयर सोलुसन प्रालिले तयार पारेको विद्यालय व्यवस्थापन सफ्टवेयर ‘जेफएड’ को औपचारिक सूरूवात भएको छ । विराटनगरमा आयोजित एक समारोहका बीच जेफएडको औपचारिक सूरूवात भएको हो ।

विराटनगरको सारंगी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा प्रमुख अतिथि क्यान मोरगंका अध्यक्ष तथा नेपाल सुचना प्रविधी काउन्सिलका सदस्य निर्मल तामाङले केक काटेर जेफएडको बिटा संस्करणको सूरूवात गरेका हुन् ।

उनले उद्घाटन पछि बोल्दै यस क्षेत्रको सूचना प्रविधिको क्षेत्रमा यस सफ्टवेयरले नयाँ फड्को मारेको बताएका छन् । ‘ग्रामिण क्षेत्रका विद्यालयहरूलाइ समेत समेट्ने प्रयास गर्न आववश्यक छ ‘ तामाङले स्पष्ट पारे ।

कार्यक्रममा जेफ्टवेयर सोललुसनका सिइओ मोहनहन तबदारले उक्त सफ्टवेयरको विशेषताहरूका बारेमा बताउदै त्यस नमुना प्रस्तुत गरेका थिए ।