समाचार

सिनामंगलमा ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु

काठमाण्डौ, १९ साउन । काठमाडौंको सिनामंगलमा आज ट्याङकरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
बा ३ ख ८८५४ नम्बरको ट्याङकरको ठक्करबाट हेटौडा ४ घर भएकी ३८ बर्षीया मिरा भुजेलको मृत्यु भएको हो ।

सडक पार गर्दै गरेकी भुजेललाई एयरपोर्टस्थित आयल निगमभित्र प्रवेश गर्ने क्रममा रहेको तेल बोकेको ट्याङकरले ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएकी भुजेलको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो । बिहान साढे ९ बजे भएको सो सवारी दुर्घटनामा संलग्न ट्याङकर चालकलाई महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको छ ।