पु.समाचार

भरतपुरमा माओबादीकी रेणु मेयर र काँग्रेसकी पार्वती उपमेयरमा विजयी

,काठमाण्डौ । भरतपुर माहानगरपालिकाको मेयरमा माओबादी केन्द्रका तर्फबाट उमेर्द्वार बनेकी अध्यक्ष पुष्पकमल दाहालकी सुपुत्री रेणु दाहाल २३५ मतले विजयी भएकी छन् र उपमेयरमा काँग्रेसकी पार्वती शाह निर्बाचित भएकी छन् ।

पहिलो चरणको स्थानीय तह बैसाख ३१ गतेको निर्बाचनमा माओबादीका दुई कार्यकर्ताले ९३ वटा मतपत्र च्यातेपछि सर्बोच्च अदालतमा परेको निबेदनको फेसला अनुरुप आज भएको मतदान र मदगणनाको. परिणाम अनुसार नेकपा एमालेका उमेर्द्वार देवी ज्ञवालीलाई हराउदै रेणु दाहाल भरतपुर माहानगरपालिकाको मेयरमा निर्बाचित भएकी छन् ।
निर्बाचन अधिकृतले रेणु दाहाल विजयी भएको घोषणा भने गरेको छैन ।