पु.समाचार

राणाले फुटाए राप्रपा, कमल थापाको यसरी भयो मोवाईल अफ

केपी आचार्य
काठमाण्डौ । राप्रपा र राप्रपा नेपाल एकीकरण भएको केहि महिना नबित्दै दुईपटक पार्टी फुटेपछि कमल थापालाई ठूलै झड्का लागेको छ । पार्टी एकीकरण भएको छोटो समयमा राप्रपा एकीकृत नामको पार्टी खोलेर डा. प्रकाशचन्द्र लोहनी अलग्गीएको दुई महिना नहुंदै पार्टी एकीकरणपछि अध्यक्ष बनेका कमल थापाको रवैयाको खुलेर बिरोध गरिरहेका बरिष्ठ नेता पशुपति शम्सेर राणाले आईतबार पुनः पार्टी फुटाएका छन् ।

पशुपति शम्सेर राणाले राप्रपा प्रजातान्त्रीक नामको नयाँ पार्टी खोलेका छन् । मन्त्री पदका लागी बेला बेला बिबाद आईरहने राप्रपा ०४६ सालपछि पार्टीको स्थापनाकालदेखी नै सुर्यबहादुर थापा र लोकन्द्र बहादुर चन्दको गुटमा संचाति भएपनि शुर्यबहादुर थापाको देहान्तपछि नयाँ आयाम शुरु हुन थालेको छ । पछि कमल थापाले राजतन्त्र मान्ने बलियो शक्तीका रुपमा उदयीमान बनाएको राप्रपा नेपालले ०६४ सालको संबिधानसभा निर्बाचनमा ४ सीट हाँंशिल गर्न भ्याएको थियो । ०७० सालको निर्बाचनमा भने समानुपातिकमा मात्र २५ सीट ल्याउन सफल भएको थियो ।

पुर्बपञ्चहरुको पार्टी भनेर चिनिने राप्रपा र राप्रपा नेपालका कार्यकर्ताहरुको दबाबमा दुई पार्टीको एकीकरण पश्चात काठमाण्डौको भृकुटीमण्डपमा भब्य महाधिवेशन समेत सम्पन्न भएको थियो । महाधिवेशनपश्चात अध्यक्ष बनेका कमल थापालाई पार्टी एकीकरणदेखी नै चुनौती दिएका डा. लोहनीले केहिदिनमा नै पार्टी खोलेका थिए भने पशुपति शम्सेरले आईतबार पार्टी खोलेर निर्बाचन आयोगमा निबेदन समेत दिईसकेका छन् ।

पशुपति शम्सेरको पार्टीमा पूर्बमन्त्री एबम् राप्रपाका तत्कालीन अध्यक्ष सुर्यबहादुर थापाको छोरा, पूर्वमन्त्री दिपक बोहोरा, पूर्ब मन्त्री एबम् ठेकेदार बिक्रम पाण्डे लगायत बहुमत सांसदको समेत सहभागीता भएको राणा पक्षको दावी छ ।

अध्यक्ष कमल थापालाई सुर्यखबरले सम्पर्क गर्न खोज्दा उनको मोवाईल स्वीच अफ छ ।