राजनीति

भूमि प्रशासनको क्षेत्रमा सुधार गर्न चारवटा विधेयक आउदै

काठमाण्डौ, २४ साउन । भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले भूमि प्रशासनको क्षेत्रमा सुधार गर्न मन्त्रालयले छिट्टै चारवटा विधेयकलाई संसदमा लैजाने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री दहितले भूमि, गुठी, नापीसम्बन्धी नीतिलाई मन्त्रिपरिषद् हुँदै डेढ महिनाभित्र ऐन निर्माणका लागि संसद्मा लैजाने बताएका हुन् । भूमि प्रशासनमा हुने अनियमितता रोक्न र भूमिसम्बन्धी सम्पूर्ण अभिलेख राख्न यस्ता ऐनले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री दहितको भनाइ छ । उनले भूमि, नापी क्षेत्रमा के–कति काम भए भन्ने अभिलेख राख्न तथा देशभर भूमि क्षेत्रमा भएका कामका बारेमा जानकारी पाउन मन्त्रालय चाँडै अनलाइन प्रक्रियामा जान लागेको बताए ।

मन्त्री दहितले तराई क्षेत्रका मुक्त कमलरीका लागि भदौ पहिलो हप्तादेखि परिचयपत्र वितरणको कामलाई अगाडि बढाउने बताएका छन् ।