पु.समाचार

“बिपी कोइरालाका विचार दर्पण” लोकार्पण

चितवन । नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले बिपी कोइरालाको नीति विपरीत फरक विचार र दर्शन भएका पार्टीसँग सहकार्य गरेकाले आफ्नो पार्टी संकटमा परेको बताएका छन् ।

बिपी विचार राष्ट्रिय समाज चितवन शाखाले प्रकाशन गरेको “बिपी कोइरालाका विचार दर्पण” नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै उनले सिद्धान्त र विचार नमिल्नेसँग सहकार्य गर्न नहुनेमा जोड दिए । उक्त समाजका केन्द्रीय अध्यक्षसमेत रहेका गुरुङले पार्टीमा देखिएका समस्या सहजरूपले निराकरण गर्नसक्ने नेतृत्व नै सफल हुने बताए । पूर्वमन्त्री गोविन्दराज जोशीले सैद्धान्तिक कमजोरीका कारण पार्टी कमजोर बन्दै गएको बताए । अर्का पूर्वमन्त्री विनयध्वज चन्दले पार्टीभित्र वैचारिक बहस चलाउनुपर्नेमा जोड दिए ।

पुस्तकमा विभिन्न लेखक र राजनीतिज्ञका बिपी कोइराका विचारसँग सम्बन्धित लेख रचना समावेश छन् ।