पु.समाचार

गोपाल खड्कालाई जोगाउन यस्तो चलखेल !

काठमाण्डौ । नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उदेश्य राखी ईन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदीय समितिले उनीहरुमाथि प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गरेको छ ।

निगमले ईन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापपा र सर्लाहीमा जग्गा खरिद गर्दा जग्गाधनीले पाएको मुल्यभन्दा चार गुणासम्म बढी मुल्य तिरेर निगमलाई अत्यधिक ब्ययभार पारेको प्रतिवेदन संसद्को उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको सोमबारको बैठकले पारित गरेको हो ।

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल
जग्गा खरिद घोटालामा संलग्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का लगायतका उच्च अधिकारीमाथि कारबाही नगर्न संसदीय समितिमै चलखेल भएको छ ।
मंगलबारको नागरिकमा लेखिएको छ, इन्धन भण्डारण गर्ने जग्गा खरिदमा चार गुणा महंगो मुल्यतिरेर भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।