उर्जा

यसकारण माथिल्लो तामाकोसी आयोजनाको विद्युत खेर जाने देखियो !

काठमाण्डौ । विद्युत हब बनाउने महत्वकांक्षी योजनासहित प्रस्ताव गरेको रामेछापको फुलासीमा सबस्टेसन निर्माणमा स्थानीयले चार बर्षदेखि मुआब्जा नबुझ्दा अवरोध उत्पन्न भएको छ ।

समयमै सबस्टेसन नबने त्यसैको कारण माथिल्लो तामाकोसीबाट उत्पादन हुने विद्युत एक बर्षपछि खेर जाने निश्चित छ ।

आइतबारको कारोबारमा लेखिएको छ, माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत जोड्नका लागि रामेछापको साविक फुलासी गाविस १ साँखेमा २२०/१३२ केभीको सबस्टेसन निर्माणको प्रस्ताव गरिएको छ ।