पु.समाचार

आज प्रधानमन्त्री देउवा अमेरिका प्रस्थान गर्दै

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन आज मंगलबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् ।

मंगलबारको नागरिकमा लेखिएको छ, १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेका हुन् । देउवा असोज ८ गते न्यूयोर्कबाट ओमानको राजधानी मस्कट पुग्नेछन् । प्रधानमन्त्री देउवा असोज १२ गते ओमानबाट स्वदेश आउनेछन् ।