पु.समाचार

चीनसँग जोडिएका ९ वटा नाका खुलाउन यस्तो तयारी, बुधबार बैठक बस्दै

काठमाण्डौ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सहसचिवस्तरका चिनीयाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।

भूकम्पले क्षति पुर्याएको तातोपानीसहित उत्तरतर्फका नाका खुलाउने विभिन्न विकल्पका बारेमा बैठकमा विस्तृत छलफल हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले जानकारी दिए ।

उनका अनुसार नेपालको पूर्व पश्चिम सबै क्षेत्रलाई समेट्ने गरी उत्तरतर्फका विभिन्न ९ नाका खुलाउन प्रस्ताव गरेको छ ।