पु.समाचार

दशैं/तिहारमा शुभकामना आदानप्रदानमा निर्बाचन आयोगको रोक !

काठमाडौँ । निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठजस्ता हिन्दुहरूका महान् चाडहरू निकट आइरहेको सन्दर्भमा राजनीतिक दलहरु तथा दलसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूले सार्वजनिकरूपमा सार्वजनिकस्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउन सक्ने भएकाले त्यस प्रकारका चियापान समारोह तथा भोजभतेर आयोजना नगर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

आयोगको बैठकले ‘‘मिति २०७४ साल मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सिलसिलामा मिति २०७४ भाद्र १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भई रहेको भन्दै उक्त कुरा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गरेको जनाएको छ ।

विजया दशमी, दिपावली तथा छठ जस्ता हिन्दुहरूका महान चाडहरू हाम्रो घर आँगनमा प्रवेश गरिरहेको अवस्थामा ती चाडहरूको उपलक्ष्यमा राजनीतिक दल तथा राजनीतिक दल सम्बन्धित विभिन्न संघ तथा संस्थाहरूले सार्वजनिकरूपमा सार्वजनिक स्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोज भतेरले निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्ने हुँदा सार्वजनिक रूपमा सार्वजनिक स्थानमा यस प्रकारका चियापान समारोह तथा भोज भतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न गराउन सम्बन्धित सबैलाई आयोगले हार्दिक आग्रह समेत गरेको छ ।