पु.समाचार

नवदुर्गा भवानीले सबैको रक्षा गरुन–पूर्व राजा शाह

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश दिँदै उनले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बताए ।

सन्देशमा उनले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गरेका छन् ।

यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले विजयादशमीको शुभ अवसरमा शुभकामना सन्देश दिँदै नवदुर्गा भवानीले नेपालीबीच शान्ति, सद्भाव र एकता कायम गरी सिंगो मुलुकको समृद्धिको यात्रामा अघि बढ्न पे्ररणा प्रदान गरुन् भन्ने कामना गरेका छन् ।