पु.समाचार

बिराटनगरमा प्रहरीबाट पक्राउ परेका जुवाडेहरु नामावलिसहित

विराटनगर । मोरङको सुन्दरहरैचा–३ बाट गएराति तास खेल्ने एक दर्जन व्यक्तिलाई नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय फडिन्द्र अधिकारीको घरमा तास खेल्ने अधिकारीसहित सोही ठाउँ बस्ने महेन्द्र भण्डारी, डिकेश दाहाल, दीपक कार्की, पुनम फुयाँल, युगल राई, कुमार ढकाल, कमल ढुङ्गाना, वृहस्पति फुयाँल, मिङमा शेर्पा, पदम अधिकारी र कोजय राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनीहरुको साथबाट रु ४५ हजार ४४५ समेत प्रहरीले बरामद गरेको छ ।