पु.समाचार

बुलबुल शाहुको दशमीका दिन यसरी भयो मृत्यु

चक्रघट्टी । सुनसरीको बराहनगरपालिका चक्रघट्टीका पुराना व्यावशायी बुलबुल प्रसाद रौनियारको देहान्त भएको छ । हार्डवेयर ब्यावशायमा संलग्न रौनियार उक्त क्षेत्रमा बुलबुल शाहु भनेर चिनिन्थे ।
तीन छोरा र दुई छोरीका पीता रौनियारलाई दशमीका दिन राती साढे १० बजे उपचारका लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लांदा बाटैमा मृत्यु भएको उनका जेठा छोरा ईन्द्र रौनियारले युर्यखबरलाई बताए ।
समाजसेवी रौनियारलाई एकादशीका दिन बिहान कोशी आर्यघाटमा देहबासान गरिने बताइएएको छ । उनको दाहसंस्कारमा निजनिवासमा सयौं स्थानीयबासीहरुको भीड लागेको छ ।