राजनीति

तीन कम्न्युष्टहरुको एक हुने संकल्प राप्रपा जस्तो हुने काँग्रेसको निष्कर्ष

काठमाण्डौ । नेकपा एमाले, माओबादी केन्द्र र नयाशक्ती नेपाल पार्टी एकीकरण भएका छन् । मंगलबार राष्ट्रियसभागृहमा आयोजित संयुक्त कार्यक्रममा उक्त तीन पार्टीहरुको चुनाबी तालमेल र पार्टी एकीकरण भएको हो ।
मंसिर १० र २१ गते घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशको निर्बाचनमा माओबादी केन्द्र र नयांशक्तीले सुर्यचिन्हमा निर्बाचन लड्ने सहमति भएको छ भने निर्बाचनमा ६० र ४० को स्थितिमा पार्टीले निर्बाचन लड्ने माओबादी केन्द्र र एमालेबीच सहमति भएको छ । एकीकरणका लागि भने एमाले, माओबादी र नयाँंशक्त पार्टीबाट ४, ३ र १ जनाको कार्यदल बनाई एकीकरण गर्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, माओबादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँशक्ती संयोजक डा. बाबुराम भट्टराईसहित शीर्ष नेताहरुको उपस्थितिमा पार्टीले तालमेल र एकीकरणको घोषणा गरेको हो ।
६० प्रतिशतभन्दा बढी कम्न्युष्ट भएको मुलुक नेपालमा यो एकतासहज रुपमा अगाडी बढे आगामी निर्बाचनमा बहुमत आउने सम्भाबना रहेको लसहजै आँकलन गर्न सकिन्छ ।
नेपाली राजनीतिमा मिलन र बिछोड हुन समय नलाग्ने परम्परा रोहोरिने सम्भाबना हुने र राप्रपा जस्तै केहि दिनमा नै आजको मिलन बिछोड हुने अनुमान समेत लगाईन्छ । तीन पार्टी एक बनाउनेमा ओली, दाहाल र डा. भट्टराईले हस्ताक्षर भने गरिसकेका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले संक्रमणकालका बेला गरिने यस्ता अराजनीतिक कार्यले राजनीतिमा राम्रो नगर्ने बताए । काँग्रेसले बुधबार बस्ने कार्यसमितिको बैठकले औपछारिक निर्णय गर्ने बताईएको छ ।