स्वास्थ्य

हेलमेट लगाएर उपचार गर्दै चिकित्सकहरु

काठमाण्डौ । सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर उपचार गरेको देख्दा बिरामी आश्चर्यमा परेका छन् ।

बुधबार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले सुरक्षित रहनुपर्ने अवस्था सिर्जना भएको भन्दै आकस्मिक लगायत सबै उपचार गर्दा हेल्मेट लगाएका हुन् ।

बिहीबारको अन्नपूर्णमा लेखिएको छ, सरकार र नेपाल मेडिकल एसोसिएसन (एनएमए­)बीच भएको सम्झौता व्यावहारिक नभएको भन्दै लामो समयदेखि आन्दोलित चिकित्सकले यसअघि एक सातासम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए ।