राजनीति

पार्टीबीच धु्रबिकरणभन्दा तालमेल आवश्यक छ : अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जबराले नेपालमा वामपन्थी र प्रजातन्त्रवादी शक्तिबीचको धु्रवीकरण भन्दा पनि संघीय गणतन्त्र तथा शिशु संविधानलाई संस्थागत गर्न सबै पार्टीबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

काठमाण्डौमा शनिबार आयोजित साक्षात्कारमा वामपन्थी शक्तिहरुले गठबन्धन गरेपछि लोकतन्त्रवादी शक्तिको गठबन्धनमा आफ्नो पार्टी सहभागी भइसकेको, तर लोकतन्त्रवादीको गठबन्धन कसैप्रति लक्ष्यित नभएको उनले स्पष्ट पारे ।

लोकतन्त्रवादी र वामपन्थीहरुको गठबन्धनबाट मुलुकलाई स्थिरतातर्फ लैजाने विश्वास व्यक्त गर्दै नेता राणाले मुलुकलाई दीर्घकालीन योजनाका माध्यमबाट विकास र समृद्धितर्फ डो¥याउन यसले मद्दत गर्ने बताए ।