पु.समाचार

काठमाण्डौमा बसी मिडियामा ठूला कुरा गर्ने एमाले नेता पाण्डे जनताको घरमा भोट माग्न जांदा भए घाईते

मलेखु, धादिङ । चुनावी प्रचारमा गएका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे बुधबार लडेर घाइते भएको समाचार छ ।

दक्षिणी धादिङको धुनीवेसी नगरपालिका–७ तोप्लाङका घरदैलो गर्दै गर्दा मजुवा लिखुतर्फ जाँदै गर्दा चिप्लिएर लड्दा घाइते हुनुभएको पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले जानकारी दिए ।

टाउको र गालामा चोट लागेको पाण्डेको नौविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।

पाण्डे धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।