स्वास्थ्य

कान्ति बाल अस्पतालमा देखियो यस्तो बिजोग

काठमाण्डौ । मुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाईएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्के छ ।

यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शय्या छन् । वार्ड सधैँजसो भरिभराउ हुन् तर विरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् ।

सो वार्डका लागि अस्पतालले १० नर्स खटाएको छ तर पालो बाँडिएर खटिँदा एक सिफ्टमा दुईजना नर्समा हुन्छन् । साप्ताहिक बिदा, सार्वजनिक बिदा र सिफ्ट बाडिँदा ड्युटिमा दुईजनामात्र हुन्छों वार्डका नर्स निर्मला रेग्मीले भनिन् ।

शुक्रबारको नागरिकमा लेखिएको छ, अस्पतालकै पेईङ वार्डका ४० शय्याका लागि पनि दुईजनामात्र नर्स छन् ।