पु.समाचार

अर्थमन्त्रीको क्षेत्रमा पर्ने सुनसरीको हरिनगराको मूशहर बस्तीमा यसरी भयो आगलागी

ईनरुवा । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्र सुनसरीको हरिनगरामा आगलागी भएको छ । आईतबार साँझ भएको उक्त आगलागीबाट २५ घर जलेर नष्ट भएका र ५० लाख क्षति भएको प्रहरीले बताएको छ ।

मुशहरहरुको बस्ती भएको उक्त क्षेत्रमा कालु ऋषिदेवको घरबाट शुरु भएको आगलागीबाट उनीहरुको खाद्यान्न, लत्ता कपडा, फर्निचर जलेका कारण उनीहरु समस्यामा परेका छन् । आउदो २१ मंसिरमा हुने निर्बाचनका लागी प्रतिनिधिसभा निर्बाचनमा काँग्रेसको तर्फबाट उमेर्द्वार बनेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उक्त क्षेत्रमा केहिदिनदेखि मत माग्न आएकाले उनीहरुलाई राम्रो राहत मिल्ने अनुमान स्थानीयले लगाएका छन् ।

सदरमुकाम ईनरुवा र ईटहरीबाट दमकल आएर आगलागी नियन्त्रणमा सहयोग गरेपछि आगलागी नियन्त्रणमा अाएको थियो । उक्त आगलागीमा मानविय क्षती भने अहिलेसम्म नभएको बताईएको छ ।

मन्त्री कार्कीले आफू अबको जिबन सुनसरीकै लागी बिताउने बताएका कारण उक्त सुनसरीका जनतालाई परेको दुःखमा साथ दिने ठोकुवा एक स्थानीय समाजसेवीले बताए ।