पु.समाचार

राष्ट्रपतिद्वारा हजरत मोहम्मद जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मका अन्तिम रसुल (ईश्वरका अन्तिम सन्देशकर्ता) हजरत मोहम्मदको १४३२ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

हाम्रो देश नेपाल धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने हजरत मोहम्मदको जन्मजयन्ती जस्ता उत्सवहरुले विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसंग आवद्ध नागरिकहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पु¥याएको छ, उनले भनेकी छन् ।

जातीय धार्मिक तथा सहिष्णुताको अनुपम उदाहरण रहेको नेपाली समाजमा मोहम्मदको जन्म दिनले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।