सामाजिक सञ्जाल

डा. केसीको समर्थन गर्दै माओवादीका वरिष्ठ नेताले अदालतलाई दिए कडा टक्कर, के भने ?

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको गिरफ्तारी ‘कानुनको नाममा गरिएको ज्यादती’ भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा श्रेष्ठले मानहानीलाई सत्याग्रही विरुद्ध हतियार बनाइनु गलत भएको लेखेका छन् ।

‘डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादती हो, अदालतको मानहानीलाई सत्याग्रही विरुद्ध हतियार बनाइनु नितान्त गलत छ’, श्रेष्ठले ट्वीट गरेका छन् ।

उनले केसीको गिरफ्तारी राज्यको पुनर्संरचना गर्दा न्यायालयलाई यथावत राखिनुको परिणामसमेत भएको उल्लेख गरेका छन् ।

‘फेरि दोहोर्याएर भन्छु, अदालत भगवान होइन, राज्यको पुनर्संरचना गर्दा न्यायालयलाई भने यथावत राखियो, त्यसको पनि परिणाम हो यो, सम्बन्धित सबैले बुझुन्’, श्रेष्ठले गरेको ट्वीटमा भनिएको छ ।