प्रवास

राजदूत सुवेदीले डब्लूर्इसीमा आहोदाको प्रमाणपत्र बुझाए

बेलायत । बेलायतका लागि नेपाली राजदूत तथा विश्व ऊर्जा परिषद्का स्थायी प्रतिनिधि डां दुर्गाबहादुर सुवेदीले विश्व ऊर्जा परिषद् (डब्लूर्इसी) का महासचिव क्रिस्टोफ फ्रेर्इ समक्ष आफ्नो आहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

लण्डनस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा राजदूत सुबेदीले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

प्रमाणपत्र पेश गर्दै राजदूत सुबेदीले संविधानको कार्यान्वयनका लागि नेपालमा भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका थिए ।

संविधानको कार्यान्वयनसँगै नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै उनले अब नेपाल सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहने र जलविद्युतलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको बताए ।

प्रमाणपत्र ग्रहण गर्दै महासचिव फ्रेईले परिषद्मा नेपालका तर्फबाट सुबेदी पूर्ण सदस्य भएको जानकारी गराउँदै परिषद्मा नेपालका तर्फबात सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे ।