पु.समाचार

एमबिबिएसको आरक्षित सिटलाई सहुलियतमा परिणत नगर्न सर्वोच्चको आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले एमबिबिएसको आरक्षित सिटलाई सहुलियतमा परिणत नगर्न अन्तरिम आदेश दिएको छ । आरक्षित सिटलाई सहुलियगतमा परिणत गर्न माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थान(आईओएम)ले निर्णय दिएको थियो ।

आईओएमले २५ पुसमा आरक्षित सिटका लागि निर्धारण गरेको मापदण्ड पुरा नभएको भन्दै सहुलियत सिटमा परीणत गरी ओपन होउस काउन्सिलिङमार्फत भर्ना गर्ने सूचना प्रकाशित गरेको थियो । त्यसविरुद्ध अजयकुमार पासी सर्वोच्च गएका थिए ।

रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको इजलासले आइतबार शिक्षा मन्त्रालय, आईओएम लगायतका विपक्षीसँग लिखित जवाफ मागेको छ । साथै माघ ७ गते दुबै पक्षलाई बहसमा बोलाउँदै त्यस अवधिसम्म आईओएमको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।