काठमाण्डौ । इन्डोनेसियाको प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । लागूऔषधको आरोपमा प्रहरीले ३४ वर्षीय शरण तामाङ रहेको त्यहाँको प्रहरीले जनाएको छ ।
लागूऔषध तस्करीको आरोपमा प्रहरीले विशेष सूचनाका आधारमा उनीमाथि गोलि प्रहार गरेको प्रहरीको भनाई छ ।
अल्पाइन होटलमा लुकेर बसेका तामाङमाथि प्रहरीले विशेष अपरेशन चलाएको थियो । मोबाइल नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिसन रोमन हुटाजुजुले बताएका छन् ।
ग्राहक बनेर बोलाइएका उनलाई प्रहरीले तत्काल पक्राउ गरी उनको साथबाट ५२ ग्राम लागूऔषध बरामद भएको छ । होटलमा उनको कोठा सर्च गर्दा ३.४ किलो मेथ भेटिएको जनाएको छ ।
सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जानेक्रममा भाग्न खोजेपछि उनीमाथि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले जनाएको छ ।