अन्तर्राष्ट्रिय

हवाइ आक्रमणमा परी सिरियामा ३३ सर्वसाधारणको मृत्यु

बेरुत । सिरियामा प्रशासनले कारबाहीमा परी ३३ जना सर्वसाधारण मारिएका सिरियाली मानव अधिकारवादी संस्थाले सोमबार जनाएको छ ।

प्रशासनले गत चौबीस घण्टामा गरेको हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

उत्तरपश्चिमी प्रान्त इदलिबमा सरकारी सुरक्षाकर्मी जिहादी लडाकूहरू विरुद्ध भिडन्त गरिरहेका छन् ।

बेलायतस्थित उक्त संस्थाले साराक्वेबमा सरकारी सेनाले बजार क्षेत्रमासमेत गोलाबारी गरेको र विभिन्न स्थानमा गरी सोमबार मात्रै २७ सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ ।