सूचना प्रविधि

सामसङ्गका ग्राहकहरूका लागि कुकिङ क्लास

काठमाडौँ । सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्सले नेपाली ग्राहकहरूका लागि माइक्रोवेभ ओभन ‘कुकिङ क्लास’ आयोजना गरेको छ ।

उक्त कुकिङ क्लासको आयोजना मनकामना इलेक्ट्रोनिक्स हाउस (जुन नेपालगञ्जकोे सामसुङ्ग प्लाजा हो) र दिनेश टे«डिङ्ग हाउस (जुन धनगढीको सामसङ्ग प्लाजा हो) त्यहाँ कुकिङसम्बन्धी तालिम दिइएको थियो । उक्त कार्यक्रम फागुन १० गते नेपालगञ्ज र फागुन १२ गते धनगढीमा आयोजना गरिएको थियो ।
सामसुङ्गको माइक्रोवेभ ओभन कुकिङ क्लासको आयोजनाको मुख्य उद्देश्य सहभागीहरूलाई सामसङ्गका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरू बनाउन सिकाउनु हो । यो कार्यक्रममा सामसङ्ग प्लाजाका प्रतिनिधिहरूबाटै प्रशिक्षण दिइएको थियो ।

माइक्रोवेभ ओभन कुकिङ क्लासका सहभागीहरूले सामसङ्गको माइक्रोवेभ ओभन प्रयोग गरेर पुलाऊ, मटर–पनिर, ग्रिल्ड चिकेन, पिज्जा, केक र अन्य परिकारहरू पकाउने प्रशिक्षण लिएका थिए ।

प्रशिक्षणमा मुख्यरुपमा सामसङ्गका स्लिम फ्राइ माइक्रोवेभ, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभनको प्रदर्शन गरिएको थियो, जसमा ८०% सम्म कम तेलको प्रयोग गरेर विभिन्न परिकारहरू पकाउन सकिन्छ । प्रशिक्षकहरूले सो सामसङ्ग स्लिम फ्राइ माइक्रोवेभ ओभन, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभन प्रयोग गरेर कसरी खाना बनाउने भन्ने जानकारी दिएका थिए । साथै, पकाउँदा अपनाउनुपर्ने सेफ्टीको विषयमा समेत जानकारी दिइएको थियो ।

कार्यक्रमका बारेमा बोल्दै सामसङ्ग प्लाजाका निर्देशक सीमा गोल्छाले भनिन्, “सहभागीहरू सामसङ्गको माइक्रोवेभ ओभन प्रयोग गरेर पकाउन निकै उत्सुक थिए । यसका साथै स्लिम फ्राइ माइक्रोवेभ ओभन, कनभेन्सन माइक्रोवेभ ओभन, ग्रिल र सोलो माइक्रोवेभ ओभनको प्रदर्शनले उनीहरूलाई अझै उत्साहित बनाएको थियो ।

उनीहरूकाअनुसार अब उनीहरूको घरमा पनि मीठोका साथै स्वस्थ खानाको बानी बस्नेछ । आफ्नो ग्राहकहरूलाई स्वस्थ रहन प्रोत्साहन गर्न सकेकोमा हामी निकै हर्षित छौँ ।”