कृषि

कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण

तेह्रथुम । जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले आफू मातहतका कृषि सेवा केन्द्रहरु सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्न थालेको छ । कार्यालयले आइतबार आठराई गाउँपालिकामा रहेको कृषि सेवा केन्द्रलाई औपचारिक रुपमा गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले आठराई गाउँपालिकालाई सो क्षेत्रमा रहेको सेवा केन्द्र र सम्पूर्ण जिन्सी सम्पत्ति, कर्मचारी र सेवा प्रवाहको व्यवस्था गर्न औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरिएको बताए । जिल्ला कृषि विकास कार्यालयले यसअघि लालीगुराँस नगरपालिका र छथर गाउँपालिकामा रहेको कृषि सेवा केन्द्र हस्तान्तरण गरिसकेको छ । जिल्लामा ६ वटा कृषि सेवा केन्द्र र एउटा सम्पर्क केन्द्र रहेका थिए ।