अन्तर्राष्ट्रिय

ट्रम्पको ल्याटिन अमेरिकी भ्रमण रद्द

वासिङटन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा ल्याटिन अमेरिकाका लागि तय गरिएको भ्रमण रद्द भएको ह्वाइट हाउसले मङ्गलबार जनाएको छ ।

राष्ट्रपति ट्रम्पले यसैहप्ता पेरु र कोलम्वियाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । पेरुमा हुने अमेरिकी मुलुकहरूको शिखरसम्मेलनमा उनी सहभागी हुने कार्यक्रम थियो ।

ह्वाइट हाउसद्वारा जारी एक विज्ञप्ति अनुसार सिरियाबारे अमेरिकी प्रतिक्रिया बनाउन उनको भ्रमण रद्द भएको हो ।
यसैबीच उक्त सम्मेलनमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्न उपराष्ट्रपति माइक पेन्स जानुहुने पनि विज्ञप्तिमा छ ।