समाचार

ह्युमुलेट भएर बस्नु राम्रो लागेन राजनीनामा दिँए, मुद्धामामिला गर्दिन, बाहिरबाटै प्रहरीलाई  सघाउछु : रमेश खरेल

काठमाण्डौ । मंगलबार सरकारले आईजीपीमा सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि असन्तुष्ट बनेका आईजीपीका प्रबल दाबेदा रमेश खरेलले डीआईजीपीबाट राजीनामा दिएका छन् ।
आफू आईजीपी बन्ने उद्देश्यका साथ प्रहरी सेवा शुरु गरेपनि सकारले नियम मिचेर आफूलाई आईजीपी नबनाएपछि आफूले उक्त पदमा ह्युमुलेट भएर बस्नु राम्रो नभएको भन्दै राजीनामा दिएका छन् ।
उनले आफूले सर्बोच्च अदालत वा कतैपनि मुद्धामामिला नगरि बाहिर बसे प्रहरीलाई सघाउने जनाएका छन् । नेपाल प्रहरीका नबनियुक्त आईजीपी सर्वेन्द्र खनालले संगै मिलेर काम गर्न अनुरोध गरेपछि उनले अस्विकार गरे ।
जनताका भरोसाका केन्द्र रहेका रमेश खरेलप्रति नेकपा एमाले नेतृत्व त्यति सन्तुष्ट थिएन, एमाले कार्यकर्ताएहरुले सामाजिक संजनाल लगायतमा सर्वेन्द्र खनालको समर्थन गरिरहेका स्टाटसहरु भेटिन्थे । नवनियुक्त आईजीपी खनालले समेत बिभिन्न समयमा जनताका मन जित्ने काम गरिहेका थिए ।