देश

चालिसेलाई पत्नीशोक

काठमाडौँ । साहित्यकार तथा पत्रकार विजय चालिसेलाई पत्नीशोक परेको छ ।

उनकी धर्मपत्नी लक्ष्मीको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा ६६ वर्षको उमेरमा आज बिहान निधन भएको साहित्यकार जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।

उनको स्थानीय गोकर्ण घाटमा अपराह्न दाहसंस्कार गरिने बताइएको छ । स्व चालिसे साहित्यकार रमेश विकलकी जेठी बुहारी थिईन् ।