साहित्य

टेकनाथ–शिवकुमारी अधिकारी साहित्य पुरस्कार डा भट्टराईलाई

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको टेकनाथ–शिवकुमारी अधिकारी साहित्य संस्कृति पुरस्कार वरिष्ठ साहित्यकार डा तुलसी भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले रु ११ हजार राशिको पुरस्कार पाँच दशकदेखि साहित्य लेखनमा सक्रिय डा भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार आगामी वैशाखमा कार्यक्रमको आयोजना गरेर प्रदान गरिने प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले जानकारी दिनुभयो । प्रतिष्ठान ३५ वर्षदेखि विराटनगरको साहित्यिक क्षेत्रमा सक्रिय छ ।