खेलकुद

बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आर्मीको विजयी सुरुआत

काठमाडौं । नेपाल आर्मी ‘ए’ ले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार विजयी सुरुआत गरेको छ ।
चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा आर्मीले युनिभर्सललाई ८२–३३ ले सहजै पराजित ग¥यो । आर्मीको जितमा रविन खत्रीले ३३ अंक योगदान गरे ।
पहिलो क्वाटरमा १८–१२ को अग्रता लिएको आर्मी ‘ए’ ले अन्तिमसम्म अग्रतालाई कायम राख्दै क्रमशः १५–२, ३३–९ र १६–१० अंक जोड्यो ।
नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताको पुरुषमै जेभियर इन्टरनेसनल र एसडीसी हाउन्ड्स विजयी भए ।
जेभियरले आयोजक ९नेकोस० लाई ५०–४१ ले हरायो । जेभियरका अनिश मगरले १६ स्कोर गरे । सुरुआतमा ८–११ ले पछि परेको जेभियरले अन्य क्वाटरमा अग्रता बनाउदै जित हात पार्न सफल भयो । जेभियरले दोश्रोमा १३–११, तेश्रोमा १२–९ र चौथोमा १७–१० को प्रदर्शन ग¥यो ।
हाउन्ड्सले साउथ साइडर्सको चुनौती ५७–५२ ले पन्छायो । हाउन्ड्सका सरोज श्रेष्ठले २५ अंक जोडे । हाउन्ड्स पनि सुरुको क्वाटरमा १३–१९ ले पछि रह्यो । बाँकीमा अग्रता लिन सफल हाउन्ड्ले दोश्रोमा १८–१४, तेश्रोमा १३–७ र चौथोमा १३–१२ अंक जोड्यो ।

महिलामा साइपाल एकेडेमीले नेकोसमाथि ६२–१६ को सहज जित दर्ता ग¥यो । साइपालका लागि रोशनी श्रेष्ठले १२ अंक जोडिन् । साइपालले पहिलोमा १६–६, दोश्रोमा २२–३, तेश्रोमा १८–२ र चौथोमा ६–५ अंक बनायो ।

प्रतियोगिताको प्रदेश सांसद नारायण सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । ९ टिम सहभागी पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई १०–१० हजार नगद पुरस्कार प्रदान गरिने छ । महिलामा ६ टिमले भाग लिएको छ । पहिलो हुनेले ३० हजार र दोश्रोले १५ हजार नगद प्राप्त गर्नेछन् भने ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्ताले जनही ५ हजार नगद हात पार्नेछन् । लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगिताको फाइनल बैशाख १३ गते हुनेछ ।