अन्तर्राष्ट्रिय

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण

नयाँ दिल्ली । भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन ।
भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन् ।
छत्तिसगढ राज्यको नारायनपुर जिल्लामा ती विद्रोहीहरुले आफ्ना हातहतियासहित आत्मसमर्पण गरेका प्रहरीले थप जानकारी दिएका छन् ।
प्रहरीसमक्ष आत्मसमर्पण गरेका यी विद्रोहीहरुले समाजिक कार्यहरुमा आफूहरुको सहभागीता रहने मनसाय व्यक्त गरेका छन् ।
आदिवासी र गरीब जनताको भूमि अधिकारीहरुको लागि उनीहरु दशकौदेखि लडाई गर्दै आएका यी विद्रोहीहरुको दाबी रहेको छ ।