ब्रेकिङ न्युज

गोकुल बास्कोटाको टिप्पणी : एमाले पहिलो पार्टी कसरी बन्छ भनेर एआईलाई साेध्छु ?

२४ जेठ, काठमाडौं । नेकपा (एमाले)का नेतागोकुलप्रसाद बास्कोटाले पार्टीको सचिवालय बैठकले गरेको कार्यविभाजनप्रति असन्तुष्टि जनाएका छन् ।

नेता बास्कोटाले अब एमाले कसरी बन्छ र अगाडि बढ्छ भनेर बुझ्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहयोग लिनुपर्ने अवस्था आएको टिप्पणी गरेका हुन् ।  

एमाले सचिवालयले हालै नेताहरूको जिम्मेवारी बाँडफाँड र कार्यविभाजन गरेलगत्तै सामाजिक सञ्जालमा एक पोष्ट शेयर गर्दै  बाँस्कोटाले पार्टीको निर्णय प्रक्रिया र शैलीमाथि प्रश्न उठाएका हुन् । 

नेता बास्कोटाले पार्टीको कार्यविभाजन कुनै वैचारिक वा राजनीतिक सिद्धान्तका आधारमा नभएको जिकिर गर्दै उनले एमालेको वर्तमान कार्यशैली लोकतान्त्रिक दलको जस्तो नभई सैनिक सङ्गठनको जस्तो भएको आरोप लगाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ  सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक सङ्गठनमा जस्तै । 

बास्कोटाले एमालेको यो कार्यविभाजनमा कुनै पनि स्थापित राजनीतिक मापदण्ड वा सिद्धान्तले काम नगरेको दाबी गरेका छन् ।

नेताहरूको क्षमता, योगदान र विचारको अवमूल्यन गर्दै माथिबाट आदेश मात्र लाद्ने काम भएको उनको तर्क छ।