खेलकुद

लामो प्रतीक्षापछि इरानले पायो अमेरिकाको भिसा

२४ जेठ, काठमाडौं । लामो प्रतीक्षापछि अमेरिकाले फिफा विश्वकप खेल्ने इरानी टोलीलाई भिसा दिएको छ।

तर, अमेरिकी पक्षले राष्ट्रिय फुटबल टोलीका अत्यावश्यक ‘ब्याकरुम स्टाफ’का सदस्यलाई भिसा नदिएको इरानले आरोप लगाएको छ ।

अमेरिकी अधिकारीले शुक्रबार सबै खेलाडी र आवश्यक सहयोगी स्टाफलाई भिसा दिइएको पुष्टि गरेका थिए । यो निर्णय इरानको पहिलो खेल जुन १५ मा लस एन्जलसमा हुनुभन्दा १० दिनअघि गरिएको हो ।

तर, अमेरिकाले खेलाडी र आवश्यक स्टाफबाहेक अरू सदस्यलाई भिसा दिनुअगाडि गहन जाँच गरी अनावश्यक प्रवेश रोक्न खोजेको देखियो । अमेरिकी अधिकारीहरूले भने, “विश्वकप प्रवेशको बहानाको दुरुपयोग गरी आतंकवादीहरूलाई संयुक्त राज्य अमेरिकाभित्र ल्याउने अनुमति दिइने छैन ।”

यता, टर्कीमा रहेको इरानी दूतावासले अमेरिकाले राजनीतिक रूपमा पक्षपाती हस्तक्षेप गर्दै राष्ट्रिय फुटबल टोलीका धेरैजसो व्यवस्थापकीय तथा कार्यकारी कर्मचारी र प्राविधिक सल्लाहकारहरूलाई भिसा नदिएको जनाएको छ ।

लबदष्
िइरानी सरकारीसम्बद्ध मिडियाका अनुसार, फुटबल महासंघका प्रमुख, उनका उपप्रमुख र एक मिडिया निर्देशकसहित १५ प्रशासनिक अधिकारीलाई प्रवेश अनुमति अस्वीकार गरिएको छ ।

भिसाका सर्तअनुसार टोलीले अमेरिकाभित्र खेल भएको दिन मात्र प्रवेश र प्रस्थान गर्नुपर्ने इरानका मेक्सिकोका राजदूतले बताएका छन् ।

इरानी दूतावासका अधिकारीहरूले फिफालाई यो विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् ।

२०२६ को विश्वकप जुन ११ मा सुरु हुनेछ । यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन् ।

इरानले सन् २०२५ मार्चमा आफ्नो समूहमा जितेर प्रतियोगितामा स्थान पक्का गरेको हो । अमेरिका–इरान युद्ध सुरु हुनुभन्दा त्यो लगभग एक वर्षअघिको समय थियो ।

आयोजक देशले युद्धमा रहेको मुलुकको टोलीलाई स्वागत गरेको भने यो पहिलोपटक हुनेछ ।