खेलकुद

नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता शुरु

नेपालगञ्ज । बाँकेको कोहलपुरमा आजदेखि आशीर्वाद पेन्ट्स नेपालगन्ज कप टि—ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष तेण्डी शेर्पाले संयुक्त रुपमा उद्घाटन गरे । यही वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ टोलीको सहभागिता छ । ग्रिन इभेन्टोले आयोजना गरेको प्रतियोगिताका विजेतालाई रु एक लाख १० हजार र उपविजेतालाई रु ५० हजार पुरस्कार दिइने जनाइएको छ ।